
काठमाडौं । प्रतिनिधिसभामा बुधबार आज पहिलो पटक सांसदहरुले विभागीय मन्त्रीहरुसंग प्रश्नोत्तर कार्यक्रम सुरु भएको छ ।
आजको बैठकमा सांसदहरुले ४ जना मन्त्रीसंग प्रश्न गरेका थिए । प्रश्नोत्तर कार्यक्रममा गृहमन्त्री, अर्थमन्त्री, कृषिमन्त्री र वन मन्त्रीले सांसदहरुका जिज्ञासाको जवाफ दिएका थिए ।
प्रतिनिधिसभा नियमावली अनुसार सभामुख कृष्णबहादुर महराले संसदमा सांसद र सम्बन्धित मन्त्रीसंग प्रश्नउत्तर कार्यक्रम सुरु गरेका हुन् ।
कार्यक्रमको सुरुमा प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद देबेन्द्रराज कँडेलले गत श्रावण २१ गते काँडाघारीमा ११ वर्षीय बालकको हत्यामा संलग्न दुई जनाको प्रहरी इन्काउण्टर बारे प्रश्न गरे ।
जवाफमा गृहमन्त्री रामबहादुर थापाले बालक हत्यामा संलग्न दुई जनाले प्रहरी टोलीमाथी पेस्तोल तेर्साएपछि प्रहरीले जवाफी कारबाही गरेको जवाफ दिए । गृहमन्त्रीको जवाफमा चित्त नबुझेपछि सांसद कडेंलले पुरक प्रश्न सोधे ।
कँडेलको पुरक प्रश्नमा गृहमन्त्री थापा एकछिन जवाफहिन भए । प्रतिपक्ष दलका अर्का सांसद डिला संग्रौलाले निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धान के भईरहेको छ भन्दै प्रश्न गरिन् ।
जवालफमा गृहमन्त्री थापाले अनुसन्धान जारी रहेको र सरकार अपराधीलाई कानुनी कठघरामा ल्याउन प्रतिवद्ध रहेको बताए ।
उक्त विषयमा प्रतिपक्ष दलका करिब आधा दर्जन सांसदले पुरक प्रश्न सोधेका थिए भने सांसदहरुले उपप्रधानमन्त्री ईश्वर पोखरेलले सो विषयमा गलत अभिव्यक्ति दिएको, घटना बारे गृहमन्त्री नै अनविज्ञ देखिएको आरोप लगाएका थिए ।
पुरक प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री थापाले ९५ प्रतिशत बढी अपराधीलाई कानुनको कठघरामा ल्याउन सफल भएको र ४/५ प्रतिशतलाई कानुननी दायरामा ल्याउन प्रयत्नशील रहेको जवाफ दिए ।
तर, सत्तारुढ दलका सांसद महेश बस्नेतले निर्मला पन्त हत्या प्रकरण मानवअधिकारवादी र मिडियाका लागि मागिखाने भाँडो र विपक्षीलाई राजनीतिक गर्ने मुद्दा बनेको टिप्पणी गरे ।
नियमावलीमा प्रश्नोत्तर कार्यक्रम १ घण्टा चलाउन सकिने व्यवस्था भएपनि मन्त्रीसंग थप ५ जनाले पुरक प्रश्न सोधेपछि समय लम्बिएको थियो ।
पहिलो पटकको प्रश्नोत्तर कार्यक्रम भएकाले सांसदहरु पुरक प्रश्न सोध्ने क्रममा दुविधामा परेका थिए ।
प्रतिक्रिया दिनुहोस्