७ असार २०८२, शनिबार | Sat Jun 21 2025


रुकुमका २७ ओटा मतदानस्थल अतिसंवेदनशील


0
Shares

जिल्लाका ५ नम्बर प्रदेशमा पर्ने तीन गाउँपालिकाका ३१ मतदानस्थलमध्ये चारओटा मतदानस्थल सामान्य रहे पनि २७ ओटा मतदानस्थललाई अतिसंवेदनशील मानिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकामा रहेका १४, भूमे गाउँपालिकामा रहेका ८ र सिस्ने गाउँपालिकामा रहेका पाँच गरेर २७ मतदानस्थललाई अतिसंवेदनशील मानिएको प्रहरीको भनाइ छ ।

ती स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी नायब उपरीक्षक अंगुर जिसीले बताए ।

उनकाअनुसार एउटा बुथमा कम्तीमा पनि १५ जना म्यादी प्रहरी, सात नेपाल प्रहरीका साथै सशस्त्र प्रहरी, सादा पोसाकका प्रहरी र नेपाली सेनालाई खटाउने तयारी भइरहेको छ ।

भौगोलिकरुपले विकट रहेका कारण विप्लब माओवादीका कार्यकर्ताले निर्वाचन बिथोल्ने गतिविधि गर्नसक्ने प्रहरीको अनुमान छ ।

यसका साथै विकटता कारण मतदाता सहजरुपमा मतदान केन्द्र आउन समस्या हुने, राजनीतिक दलबीच बढी प्रतिस्पर्धा भएको ठाउँमा विवादका कारण निर्वाचन बिथोलिनसक्ने भएकाले पनि सुरक्षा व्यवस्था निकै कडा पारिएको उनले बताए । रासस