
नेकपा एमालेका तर्फबाट सिद्धार्थनगर नगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारले नगरलाई लोडसेडिङमुक्त गराउने भन्दै ‘सिद्धार्थनगर–उज्यालो सहर’ नारासहित घरदैलो अभियान चलाएका छन् ।
एमाले मेयरका उम्मेदवार हरिप्रसाद अधिकारीले आफूले जितेपछि नगरलाई उज्यालो सहर बनाउने बताए ।
बुधबार भैरहवामा भएको मतदातासँगको अन्तरक्रियामा बोल्दै उनले यस्तो बताउका हुन् ।
यस्तै, माओवादी केन्द्र सिद्धार्थनगर नगरपालिकाका मेयरका उम्मेदवार फैज अहमद खाँनले नगरलाई हराभरा बनाउने नारा दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्