राजपा आउने ग्यारेन्टी भए ११ जिल्लामा चुनावको मिति सार्न सकिन्छ : गच्छदार

बुधबार विराटनगरमा सन्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल निर्वाचनमा आउने ग्यारेन्टी भए तराईका ११ जिल्लामा निर्वाचनको मिति सार्न सकिने बताए ।
जबर्जस्ती निर्वाचन गराउने पक्षमा आफू नरहेको भन्दै उनले राजपालाई पनि चुनावमा सहभागी गराउनुपर्नेमा जोड दिए ।