१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


दैलेखमा यात्रीबस दुर्घटना, कम्तीमा १० जनाको मृत्यु


0
Shares

दुर्घटनामा परी अरु १८ यात्री घाइते भएका छन् । मृतकको सनाखत हुन सकेको छैन भने घाइतेहरुको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।

मृतकमध्ये सात पुरुष, दुई महिला र एकजना बालिका रहेको दैलेखका प्रमुख जिल्ला अधिकारी प्रकाश अधिकारीले जानकारी दिए ।

बस बुधबार दिउँसो ३ बजेतिर सडकबाट करिब ३०० मिटर तल कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ । घाइतेहरुको दैलेख बजारमा उपचार भइरहेको छ ।

घाइतेहरुको अवस्था गम्भीर रहेकाले हेलिकोप्टरमार्फत् काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।