१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


एनआरएन थाइल्यान्डद्वारा नागरिक छात्रवृत्ति कोष स्थापना


0
Shares

इन्जिनियरिङ अध्ययन गर्ने नेपाली विद्यार्थीहरुका लागि एनआरएन थाइल्यान्डले ३५ लाख ८९ हजार ९९९ रुपैयाँको नागरिक लगानी कोष स्थापना गरेको हो ।

यस्तै, एनआरएन थाइल्यान्डले आइएइएसटिइ योजनामार्फत् गोरखाको भूकम्पप्रभावित लाप्राकमा नमुनाबस्ती निर्माण गर्ने भएको छ ।

बुधबार काठमाडौंमा एक कार्यक्रमबीच नागरिक छात्रवृत्ति कोष र आइएइएसटिइ योजनाको संयुक्त उद्घाटन गर्दै उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले नागरिक छात्रवृत्ति कोषले इन्जिनियर पढ्ने नेपाली विद्यार्थी लाभाम्बित हुने बताए ।

एनआरएन थाइल्यान्डको सहयोगमा सुरु भएको आइएइएसटिइ योजनाअन्तर्गत् गोरखाको लाप्राकमा नमुनाबस्ती निर्माण गर्न विभिन्न ३१ मुलुकका ५० जना इन्जिनियर विद्यार्थीहरु सहभागी हुने जनाइएको छ ।

उनीहरु नमुनाबस्ती निर्माण गर्न बिहीबार (भोलि) नै लाप्राक पुग्ने जनाइएको छ ।