
यद्यपि, गत वर्षको तुलनामा भने यो अलिक चाँडो नै सुरु भएको हो । मनसुन सुरु भएसँगै धान रोप्न कृषकहरुलाई चटारो पनि बढ्नेछ ।
नेपालको अधिकतर जमिन अहिलेपनि आकाशेपानीमा निर्भर छ । जेठको अन्तिम र असारको पहिलो साता लाग्दा पनि पानी नपरेपछि अधिकांश कृषकको आँखा आकाशतिर सोझिन्छन् ।
आकाशमा कहिले कालोबादल मडारिएला र पानी पर्ला भन्ने पर्खाइमै कृषकको समय गुज्रन्छ । यस वर्ष मनसुन सुरु हुनुपूर्व केही भागमा पानी परिरहेकाले वर्षातको समयमा ढिलो गरी पानी पर्ने हो कि भन्ने चिन्तामा आमकृषक रहेकाबेला सोमबारदेखि मनसुन सुरु भएको छ ।
सोमबारबाट मनसुन सुरु भएपनि सक्रिय हुन भने अझै केही दिन लाग्ने छ ।
बंगालको खाडीबाट जलवाष्पयुक्त हावा पूर्वी नेपालमा प्रवेश गरेकाले अब क्रमशः पानी पर्दै जाने मौसमविद् राजुधर प्रधानांग बताउँछन् ।
अचाक्ली गर्मी बढेकाले आलसतालसमा परेका सर्वसाधारण पनि पानी कहिले पर्ला र राहत महसुस गर्न पाइला भन्ने खोजीमा छन् ।
मौसम विभागले केहीदिनमै मनसुन सक्रिय हुने बताएपनि पूर्वी नेपाल हुँदै पश्चिम नेपालसम्म पुग्न केही दिन लाग्नेछ भने पश्चिमसम्म पुग्दा पानीको मात्रा पनि कम हुँदै जाने गर्दछ ।
पूर्व र काठमाडौं क्षेत्रमा तत्काल पानी पर्ने बताइएपनि पश्चिम नेपालले अझै केही दिन कुर्नुपर्नेछ ।
यस वर्ष औसतमात्र वर्षा हुने र मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्रमा त कममात्र वर्षा हुने अनुमान मौसमविद्हरुको छ ।
असारको मध्यसम्ममा धानबाली लगाउन नसके पहाडी क्षेत्रमा राम्रो उत्पादन नहुने भएकाले मनसुन कहिले सुरु हुन्छ भन्ने विषयले निकै महत्व राख्ने धानबाली विशेषज्ञहरुको भनाइ छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्