बुधबार सेयर बजार पुनः ऋणात्मक « Image Khabar


बुधबार सेयर बजार पुनः ऋणात्मक


Imagekhabar
३१ जेष्ठ २०७४, बुधबार १९:३०

उतार–चढावबीच बजार परिसूचक नेप्से आधा अंक बराबरले ऋणात्मक रहि १५ सय ८४ कायम भएर थामियो ।

बीमा, जलविद्युत् र वाणिज्य बैंक समूह सकारात्मक रहे पनि अरु समूह ओरालो लागेसँगै नेप्से ऋणात्मक रहन पुगेको हो ।

उत्पादनमूलक समूह सबैभन्दा उच्च ३४ अंकले ओरालो लाग्यो । होटल समूह पनि २९ अंकले गिरावट आयो । अरु समूह सामान्य अंकले ऋणात्मक रहे । बीमा समूह १९ अंकले उकालो लाग्दा जलविद्युत् समूह ८ अंकले बढ्यो भने वाणिज्य बैंक समूह नगन्य अंकलेमात्र हरियो रह्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४८ कम्पनीको साढे ९ लाख कित्ता बराबर सेयर ५९ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्