१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


बाँदरले चिथोरेका मकैको घोगा र अन्नवाली बोकेर प्रदर्शनमा उत्रिए किसान(भिडियो)


0
Shares

बाँदरले चिथोरेका मकैको घोगा र अन्य अन्नवालीसहित बोकेर पीडित किसानले प्रदर्शन गरेका हुन् ।

बर्षौदेखि गाउँमा बाँदर आतंक मच्चिँदै आएको र बर्षेनी जिल्ला प्रशासन कार्यालय लगायतका निकायमा बाँदर नियन्त्रणको माग गर्दै आए पनि सुनुवाइ नभएपछि प्रदर्शनमा उत्रनुपरेको बाँदर पीडित समूहका अध्यक्ष तिलप्रसाद लम्सालले बताए ।

पछिल्लो समयमा बाँदरको आतंक बढ्दै गएपछि निलकण्ठ नगरपालिकाको वडा नं ९ देखि १२ सम्मका किसान र ज्वालामुखी गाउँपालिकाका किसान निकै पीडित बनेका छन् ।

किसानले बाँदर आतंक नियन्त्रण गर्न प्रभावकारी बिधि खोजिदिन वा बाँदरले पुर्‍याएको अन्नबालीको क्षतिपूर्तिको व्यवस्था मिलाउन प्रशासन, वन कार्यालय र कृषि कार्यालय समक्ष आग्रह गरेका छन् ।

माग सम्बोधन नभए चरणबद्ध आन्दोलनमा उत्रने किसानले चेतावनी दिएका छन् ।