२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


दूधकोसी नदीको अस्थायी बेलिब्रिज हटाएपछि खोटाङबासीलाई सास्ती


0
Shares

गत मंसिर २१ गतेदेखि सञ्चालनमा आएको खोटाङ र ओखलढुंगाको जयरामघाटस्थित दूधकोसीको अस्थायी बेलिब्रिज निकालिएपछि खोटाङ्गे जनताले सास्ती खेप्नुपरेको हो ।

बेलिब्रिज निकालिएसँगै खोटाङबाट तराई जाने र आउनेक्रममा दुई ठाउँमा गाडी परिवर्तन गर्नुपर्ने बाध्यता स्थानीयलाई छ ।

दूधकोसीको बेलिब्रिज निकालिएपछि जिल्लाबाट काठमाडौं तथा कटारी हुँदै धरान, विराटनगर, जनकपुरलगायतका पूर्वी शहर जान र आउनका लागि जयराममा गाडी परिवर्तन गर्नुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ ।

दूधकोसीमा निर्माणाधीन पक्की पुल सम्झौता मिति नाघेको चार वर्षमा पनि पूरा हुन सकेको छैन ।