२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


पादरीद्वारा अनुयायीमाथि यौन शोषण गम्भीर समस्या : पोप


0
Shares

रोम, माघ २३ । पोप फ्रान्सिसले पादरीहरुद्वारा अनुयायीहरुमाथि यौन शोषण हुने गरेको स्वीकार गरेका छन् ।

मध्यपूर्वको भ्रमणका क्रममा पोप फ्रान्सिसले यौन शोषण बढेकै कारण पूर्व पोप बेनडिक्टले धर्मसभासमेत बन्द गर्नुपरेको बताए । यौन शोषण गम्भीर समस्या रहेको भन्दै उनले नियन्त्रणका लागि प्रयास जारी रहेको बताए । नियन्त्रणका लागि प्रयास भइरहे पनि समस्या झन् विकराल बन्दै गएकोमा उनले चिन्तासमेत व्यक्त गरे । उनले आरोपित कतिपय पादरीलाई निस्कासनसमेत गरिसकेको जानकारी दिए ।

तत्कालिन पोप बेनिडिक्टको पालामा कतिपय अनुयायीले आफूहरुमाथि यौन शोषण हुने गरेको भन्दै स्थानीय पत्रिकामा समाचारसमेत प्रकाशन गरेका थिए । पोप फ्रान्सिसले केही पादरीका कारण बर्सेनि हुने गरेको धर्मसभा नै सञ्चालन गर्न नसक्ने अवस्थामा पुग्नु भनेको सम्पूर्ण इसाई पादरीको इज्जतमा धक्का लागेको भन्दै लज्जाबोध समेत गरे । (एजेन्सी)