
नवलपरासीको प्रतापपुर गाउँपालिकाअन्तर्गत् भारतसँग जोडिएको शीतलापुर नाकामा सीमा क्षेत्रमा रहेको नेपाल र भारतका सुरक्षा निकायका प्रतिनिधिबीच बुधबार यस्तो सहमति भएको हो ।
भारतीय अर्धसैनिक बल एसएसबीले नवलपरासीको दक्षिणी सीमामा आवत–जावत गर्नेलाई दुर्व्यवहार गर्न थालेपछि नेपाली प्रशासनको पहलमा सो सहमति भएको हो ।
शीतलापुर नाकामा एसएसबीका जवानले नेपाल–भारत सीमामा आवत–जावत गर्न चाहने जोसुकैलाई पनि विभिन्न बहानामा दुर्व्यवहार गर्ने, अनावश्यक दुःख दिनेक्रम बढेपछि दुबैतर्फ समस्या उत्पन्न भएको थियो ।
नवलपरासीको सीमामा रहेको शीतलापुर एसएसबी क्याम्पका जवानले मंगलबार एक निर्दोष नेपालीलाई निर्घात कुटपिट गरेपछि उत्पन्न तनावका कारण एसएसबीले सीमामा आवत–जावत बन्द गराएको हो ।
मंगलबार बेलुका भारततिर जान लागेका साविकको बसहिया गाविस–६ का ४० प्रद्युम्न यादवलाई शीतलापुरका एसएसबी जवानले कुटपिट गर्दै क्याम्प लगेको र बचाउन पुगेका उनका भाइ सञ्जु यादवलाई पनि एसएसबीले कुटपिट गरेको स्थानीय बासिन्दाले बताएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्