
सदरमुकाम चामेतर्फ आउँदै गरेको ग१ज ६६०२ नम्बरको जिप नेस्याङ गाउँपालिका–१ पिसाङमा बिहीबार दिउँसो २ बजेतिर अनियन्त्रित भइ दुर्घटना हुँदा एकजना विदेशी नागरिकसहित १० जना घाइते भएका छन् ।
दुर्घटनामा परेर घटनास्थलमै एकजना र चामेस्थित जिल्ला अस्पतालमा उपचारकाक्रममा रुकुम घर भएका विक्रम बुढाको मृत्यु भएको मनाङका प्रहरी प्रमुख चित्रबहादुर गुरुङले बताए ।
प्रतिक्रिया दिनुहोस्