
उतार–चढावबीच बजार परिसूचक नेप्से ५ अंकले सकारात्मक रहेर १५ सय ८९ कायम भएर थामियो ।
मध्याह्नको केही समय उच्चदरले बढेर १६ सय माथि पुगिसकेको नेप्से पछि पुनः सुस्ताएको हो ।
अन्यबाहेक कारोबार भएका सबै समूह यसदिन सकारात्मक रहे । होटल, विकास बैंक र बिमा समूह दोहोरो अंकले बढे भने अरु समूह सामान्य अंकले सकारात्मक रहेका हुन् । कारोबारमा पनि सामान्य सुधार आयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ५१ कम्पनीको ११ लाख १८ हजार कित्ता सेयर ६७ करोड रुपैयाँ बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्