७ असार २०८२, शनिबार | Sat Jun 21 2025


गुल्मीमा चुनावी रौनक, दलहरु मत माग्न घरदैलो अभियानमा


0
Shares

१ लाख ८० हजार ७ सय ७५ मतदाता रहेको गुल्मीमा २ नगरपालिका र १० गाउँपालिका छन् ।

प्रमुख ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले तथा माओवादी केन्द्र आ–आफ्नो चुनावी अभियानका साथ घरदैलो अभियान गरिरहेका छन् । तीन पटक मिति सर्दा पनि गाउँमा चुनावी चहलपहलको रौनक उत्तिकै छ ।

स्थानीय जनप्रतिनिधि चुन्न मतदाताको व्यग्र प्रतीक्षा र उत्साहले सदरमुकामभन्दा गाउँ चुनावमय बनेका छन् । ग्रामीण क्षेत्रका सार्वजनिक स्थलदेखि बजार र चिया पसलमा चुनावकै चर्चा छ । दुर्गम गाउँबस्तीका घर राजनीतिक दलका झण्डाले रंगिएका छन् । व्यापार व्यवसायमा पनि चुनावी चहलपहलको प्रभाव सकारात्मक छ ।

नेता, कार्यकर्ता पार्टीका चुनाव चिह्न अंकित झन्डावाल गाडी र मोटरसाइकलमा दिनहुँ ओहोरदोहोर गर्दैछन् ।

जिल्लाको २ सय ४० मतदान केन्द्रमध्ये ९ वटा मतदान केन्द्रमा सवारी साधन नपुग्ने र पैदल जाँदा २ घण्टादेखि ४ घण्टासम्म लाग्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।