
परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेडतर्फ १६ हजार ५७२ जना उत्तीर्ण भएका छन् ।
यस वर्षको एसईई परीक्षामा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थी सामेल थिए । ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित भएकाले परीक्षामा संलग्न सबै उत्तीर्ण भएका छन् ।
नतिजा हेर्नका लागि टेलिफोनबाट १६०० मा डायल गर्न सकिने छ । एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने व्यवस्था मिलाइएको छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा सार्वजनिक गरिएको छ ।
नतिजाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.soce.np मा हेर्न सकिनेछ ।
त्यस्तै www.neb.gov.np, www.doe.gov.np मा पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्