७ असार २०८२, शनिबार | Sat Jun 21 2025


पाँचथरमा नमुना मतदान


0
Shares

जिल्ला समन्वय समितिको प्रांगणमा शुक्रबार नमुना मतदान गरिएको हो । नमुना मतदानमा पाँचथर सदरमुकाम फिदिमका १०० जना बढीले मतदान गरेका थिए ।

आगामी असार १४ गते हुने स्थानीय तह निर्वाचनमा मतपत्र बदरलाई कम गर्ने उदेश्यले नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ ।