गाउँपालिका–४ सोनवर्षाको कन्चनपुर गाउँमा रहेको खाल्डोमा जमेको पानीमा अपराह्न डुबेर दुबै बालिकाको मृत्यु भएको हो ।
बाख्रा चराउन घरबाट निस्किएका कन्चनपुर निवासी नारायण पासवानकी १० वर्षीया छोरी उषाकुमारी पासवान र स्थानीय दरोगा पासवानकी ९ वर्षीया छोरी राधिकाकुमारी पासवानको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
कन्चनपुर गाउँभन्दा एक किमिबाहिर सडक निर्माणका लागि खनिएको खाल्डोमा राति परेको वर्षाको पानी जमेको र सोही पानीमा दुबै बालिकाहरुको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।
उनले मृतक बालिकाको शव परीक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याउने तयारी भएको बताए । रासस










प्रतिक्रिया दिनुहोस्