शुक्रबार पनि सुनको भाउ ओरालो « Image Khabar


शुक्रबार पनि सुनको भाउ ओरालो


Imagekhabar
२ असार २०७४, शुक्रबार १९:४५

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले कमी आएर तोलाको ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य बिहीबार पनि तोलामा १ सय रुपैयाँले कमी आएर तोलाको ५४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंस १२ सय ५६ डलर हाराहारीमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्