
निगमले शुक्रबार (आज) राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।
निगमका प्रवक्ता सीताराम पोखरेलले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १.५० घटाइएको बताए ।
नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु १०० बनाइएको छ । हाल पेट्रोलको मूल्य रु १०१.५० रहेको थियो ।
त्यस्तै, डिजेल र मट्टितेलको मूल्य पनि रु १.५० पैसाले घटेर रु ७६ रुपैयाँ कायम भएको छ । हालसम्म डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य रु ७७.५० छ ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् नै राखिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्