२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


बजेट सिद्ध्याउने खेलः बनाइसक्दा भत्किने यो कस्तो कालोपत्रे ?(भिडियो)


0
Shares

-डिल्लीराज पन्त/ईमेज

जसका कारण अधिकांश विकास निर्माणका काम गुणस्तरहीन हुने गरेका छन् । त्यसको ज्वलन्त उदाहरण बनेको छ, कञ्चनपुरको भिमदत्तनगर नगरपालिकाको सडक कालोपत्रे काम ।

भीमदत्त नगरपालिका–१२ ऐरी/ओदाली सडकको काम बन्दा बन्दै भत्किएको र गुणस्तरहीन भएको भन्दै सो गाउँका स्थानीयले बिरोध गरेका छन् ।

सडक कालोपत्रे गरेको २ हप्ता नपुग्दै ठाउँ ठाउँमा भत्किने, खाल्डो पर्ने भएपछि स्थानीय विरोधमा उत्रिएका हुन् ।

कालोपत्र गर्ने जिम्मा पाएका निकायको लापर्वाहीका कारण कालोपत्रे हुन लागेको सडक भत्किन थालेपछि स्थानीयले गुणस्तरीय सडक बनाउन माग गरेका छन् ।

भत्किएको सडकको विभिन्न भागमा टालटुल गरेर मर्मत गरिएको छ । सम्वन्धित निकायलाई ध्यानाकर्षण गराउँदा समेत निर्माण पक्षवाट बेवास्ता गरिएको आरोप स्थानीयको छ ।

स्थानीयले कालोपत्रे गुणस्तरहीन भईरहेको भन्दै केही दिन अघि निर्माण कार्य गर्न समेत रोकेका थिए ।

तर निर्माण पक्षले अब उप्रान्त ईस्टिमेट अनुसार नै काम गर्ने प्रतिवद्धता गरेपछि पुनः निर्माण कार्य थालिएको थियो ।

तर निर्माण पक्षले फेरी पनि गुणस्तरहीन सामाग्री प्रयोग गर्न थालेपछि स्थानीय आक्रोसित भएका हुन् ।

सडक डिभिजन कार्यालय कञ्चनपुरका इन्जिनियर खगेन्द्र शाही सडक निर्माणको काम गुणस्तरीय नभएको भन्दै गुणस्तरीय काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको बताउँछन् ।

कुल ४३ लाख, ५४ हजारमा टेण्डर आब्हान भएकोमा झण्डै आधा २२ लाखमा रश्मी विल्डर्सले निर्माणको जिम्मा पाएको थियो ।

उता निर्माणको ठेक्का पाएको रश्मी विल्डर्सका संचालक शक्ति पन्तले काम गुणस्तरीय भएको दावी गरेकी छन् ।

काम भइरहेका बेला लगातार सवारी साधन चलेका कारण समस्या भएको उनको भनाइ छ ।

स्थानीयले आफ्नो गाउँको सडक गुणस्तरीय भरपर्दो हुनुपर्ने माग अघि सारेका छन् ।

यसरी सार्वजनिक निर्माण कार्यहरुमा सरकारी बजेट वालुवामा पानी नहोस भन्नका लागी सम्वन्धित निकायले अनुगमन र नियमन गर्नु जरुरी छ ।