१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


काठमाडौंमा कृषि फार्ममा आगोलागी, ४५ गाई मरे, ७० घाइते


0
Shares

शनिबार बिहान करिब ११ बजे विद्युत् सर्ट भइ लागेको सो आगोलागीमा परेर ७० गाई घाइते भएका छन् ।

नेपाल प्रहरी र स्थानीयबासीले दुईओटा दमकलको सहयोगमा अपराह्न १ बजे आगो नियन्त्रणमा लिएका थिए ।

प्रहरीकाअनुसार आगोलागीबाट १० टन दाना, एकथान जेनेरेटर र गाई बस्ने टहरामा क्षति पुगेको छ ।

फार्ममा ७५ दुहुनो, २२ ब्याउने र बाच्छा–बाच्छी गरी १२२ गाई थिए । घाइते गाईको उपचार भइरहेको छ । रासस