
काठमाडौं, असार ३ । यो साता सेयर बजार परिसूचक नेप्सेसहित कारोबार परिमाणमा पनि सामान्य गिरावट आयो ।
यो साता १ सय ६१ कम्पनीहरुको दुई अर्ब ९६ करोड २५ लाख रुपैयाँ बराबरका ४९ लाख कित्ता सेयरहरु खरिद–बिक्री भए ।
गत साता १ सय ५९ कम्पनीहरुको तीन अर्ब ३५ करोड सात लाख रुपैयाँ बराबरका ५९ लाख कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए । कारोबार रकम गत साताकोभन्दा साढे ११ प्रतिशतले कम हो ।
साताको सेयर बजार परिसूचक नेप्से पनि १ अंक बराबरले ओरालो लाग्यो ।
यो साता कारोबार रकम एवं कारोबार संख्याको आधारमा स्ट्यान्डर्ड चार्टर्ड बैंक अग्रस्थानमा रह्यो भने कारोबार भएको सेयर संख्याको आधारमा सिद्धार्थ इक्विटी ओरिएन्टेड स्कीम अग्रस्थानमा रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
कारोबार रकमकै आधारमा स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई एभरेस्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, आरएसडीसी लघुवित्त वित्तीय संस्था र एभरेस्ट इन्स्योरेन्स कम्पनीले क्रमशः पच्छ्याउन पुगे ।
प्रतिक्रिया दिनुहोस्