१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


पोखरामा भारतीय पर्यटक बढे


0
Shares

भारतीय पर्यटकको संख्यामा आएको वृद्धिले चहल–पहल बढाएको हो । गर्मी छल्न पोखरा आउने भारतीय पर्यटकको संख्यामा दिनप्रतिदिन वृद्धि आइरहेको व्यवसायी बताउँछन् ।

केही वर्षअघि प्रायः धार्मिक पर्यटककोरुपमा नेपाल भ्रमणमा आउने भारतीय यतिबेला भने गर्मी छल्न आउने गरेका पर्यटन व्यवसायी हरि शर्मा बताउँछन् ।

पोखरा आउनेमध्ये अत्यधिक भारतीय मुक्तिनाथ एवं पशुपतिनाथको दर्शन गर्न जाने गर्दछन् ।

हिजोआज भने अत्यधिक गर्मी छल्न एवं मनोरम दृश्यावलोकनका लागि पोखरा आउने गरेको व्यवसायी बताउँछन् ।

व्यवसायीकाअनुसार पोखराको पर्यटन क्षेत्रमा भारतीयको हिस्सा करिब ४० प्रतिशत छ । सुनौलीबाट बुटबल, पाल्पा, स्याङजा हुँदै भारतीय पर्यटक पोखरा भित्रिन्छन् ।

मुग्लिन–नारायणगढ सडकखन्ड दिउँसो बन्द हुने भएपछि उनीहरु बुटवलबाट पाल्पा हुँदै पोखरा आउने गर्दछन् ।

पश्चिमाञ्चल होटल संघले भारतीय पर्यटकलाई नेपाल भित्र्याउन विगत चार वर्षदेखि लगातार भारतका विभिन्न सहरमा ‘चलिए पोखरा’ कार्यक्रम सन्चालन गर्दै आएको छ । त्यसको सकारात्मक परिणाम अहिले देखिन थालेको व्यवसायीको भनाइ छ ।

पोखरामा सबैखाले गरी करिब ६०० होटल छन् भने करिब २० हजार बेड रहेको व्यावसयीको भनाइ छ ।

व्यवसायीकाअनुसार पोखराको होटल क्षेत्रमामात्र करिब एक अर्ब रुपैयाँको लगानी छ ।