बुटवल । प्रदेश ५ का मूख्यमन्त्री शंकर पोखरेलले यस प्रदेशको समृद्धिको मुख्य आधार नै कृषि रहेको बताएका छन् ।
बुटवलमा आयोजित कृषि मेलामा प्रदेश सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राख्दै साही अनुसार काम गरिरहेको बताए ।
प्रदेश सरकारले कृषिपछी उद्योग र पर्यटनलाई प्राथमिकतामा राखेको उनले बताए । कृषिको व्यवसायीककरणका लागि किसानलाई आर्थिक रुपमा सम्पन्न बनाउन सक्नुपर्ने उनले बताए ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले किसानलाई नै मालिक बनाउने योजनाका साथ मन्त्रालय अगाडी बढीरहेको बताए ।
प्रदेश नम्वर ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग वाणिज्य संघले आयोजना गरेको कृषि मेलामा १ सय २६ वटा अवलोकन कक्ष राखिएका छन् । मेला माघ २६ गतेसम्म चल्नेछ ।








प्रतिक्रिया दिनुहोस्