३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


टेलिकमको प्रिपेड सेवामा पनि अन्तर्राष्ट्रिय रोमिङ सेवा सुरु


0
Shares

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड ग्राहकका लागि पनि अन्तर्राष्ट्रिय रोमिङ कल सेवा सुरु सुरु गरेको छ ।

टेलिकमको १५औं वार्षिकोत्सवको अवसर पारेर प्रिपेड ग्राहकका लागि पनि अन्तर्राष्ट्रिय रोमिङ कल सेवा सुरु गरेको हो ।

यस्तै वार्षिकोत्सवको अवसर पारेर विभिन्न छुट योजना पनि टेलिकमले सार्वजनिक गरेको छ ।

मंगलबार आयोजित वार्षिकोत्सव कार्यक्रममा प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले प्रिपेड सेवाको ग्राहकहरुलाई पनि अन्तराष्ट्रिय रोमिङ सेवा सुरु गरेको बताए ।

नयाँ उपकरण तथा कम्पनीको स्तरोन्नती पनि भईरहेको भन्दै कम्पनीले सकरात्मक रुपमा काम गरिरहेको उनको भनाई छ ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले १ वर्ष भित्रै फोरजी सेवा सुचारु गर्ने गरी काम गर्न टेलिकमलाई निर्देशन दिए ।

एक वर्षमा विस्तार हुने फोरजी सेवा, अप्टिकल फाईबर टेलिकमको परिवर्तनको सुचक हुने उनको भनाई छ ।

टेलिकमले नयाँ कार्य सुचारु गर्न लागेको भन्दै सबै कर्मचारीलाई सकरात्मक भएर लाग्न पनि आग्रह गरे ।

कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा खुद नाफा १७ अर्ब ४८ करोड गरेको जनाएको छ ।

यो अघिल्लो वर्षको तुलनामा करिब १४ प्रतिशतले बढी हो । कम्पनीले यस वर्ष आफ्ना शेयरधनीहरुलाई प्रतिशेयर ५५ रुपैयाँ लाभांस दिने पनि जनाएको छ ।