२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


देश टुक्र्याउन खोज्ने शक्तिहरुबाट सचेत हुनुपर्ने बेला आयो: गृहमन्त्री


0
Shares

सर्लाही । गृहमन्त्री रामबहादुर थापाले देश टुक्र्याउन खोज्ने शक्तिहरुबाट सचेत हुनुपर्ने बेला आएको बताएका छन् ।

सर्लाहीमा आजदेखि सूरु भएको दोस्रो मूर्तिया महोत्सवको उद्घाटन गर्दै उनले निर्वाचनबाट पराजित भएका शक्तिहरु र केही विदेशी शक्तिहरु दुई तिहाईको सरकारसँग सन्तुष्ट नरहेकाले बर्तमान सरकार गिराउने खेलमा लागेको आरोप लगाए ।

जनताको शोषण गर्न पल्किएकाहरु गणतन्त्रलाई उल्ट्याएर पुरानै व्यवस्था लागु गर्न लागिपरेको पनि गृहमन्त्री थापाले दाबी गरे ।

ऐतिहासिक मुक्तेश्वर बाबा मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव माघ २८ गतेसम्म चल्नेछ ।