३ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025


कोलम्बियामा आतंकवादी हमला, तीन महिलाको मृत्यु


0
Shares

बोगोटाको उत्तरी भागमा रहेको एक शपिङ मलमा भएको सो हमलामा अन्य ११ जना घाइते भएका छन् । मारिनेमध्ये एक जना फ्रान्सका नागरिक रहेको बताइएको छ ।

शपिङ मलको महिला शौचालयमा बम राखिएको र शौचालय गएका महिला बिस्फोटको शिकार बनेका हुन् ।

बिस्फोटले शपिङ मलमा ठूलो क्षति भएको छ भने घटना लगत्तै शपिङ मल खाली गराइएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको सुरक्षा अधिकारीहरुले जनाएका छन् । घटनाको जिम्मेवारी कसैले पनि लिएको छैन । (एजेन्सी)