
उम्मेदवारहरुले मनोनयन दर्ता फारम भर्न नसक्दा दर्ता प्रक्रियामा ढिलाइ भएको मुख्य निर्वाचन अधिकृत नरनारायण पौडेलले जानकारी दिए । बिहान १० बजेदेखि १२ बजेसम्म साना दलहरुलाई मनोनयन दर्ताका लागि समय छुट्याइएको भएपनि निर्धारित समयमा कसैले दर्ता गर्न सकेनन् ।
दिपायल सिलगढी नगरपालिकामा पौने एक बजे संघीय समाजवादी फोरमका मेयर पदमा चन्द्र श्रेष्ठले मात्र उम्मेदवारी मनोनयन दर्ता सकेका छन् भने साढे एक बजे राष्ट्रिय जनमोर्चाका नरेश आलेले मनोनयन दर्ता गरेका छन् ।
सोही नगरपालिकाको वडा नम्बर ९ बाट वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार प्रसाद साउदले मनोनयन दर्ता गरेका छन् । राप्रपाबाट शोकचन्द्र श्रेष्ठले दिसिनपा–६ को वडा सदस्यका लागि मनोनयन दर्ता गरेका छन् ।
मुख्य निर्वाचन अधिकृत पौडेलले बोगटान गाउँ पालिकामा माओवादी केन्द्र, सायल गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले मात्र मनोनयन दर्ता गर्न सकेको जानकारी दिए ।
कांग्रेस, एमाले, माओवादी केन्द्र पार्टीका प्रतिनिधीहरुले भने दिपायल सिलगढी नगरपालिकामा दर्ताका लागि अहिलेसम्म निर्वाचन कार्यालयमा आएका छैनन् ।
मनोनयन दर्तामा ढिलाई हुन थालेपछि लेखनदासहरुलाई स्वयंसेवीका रुपमा खटाइएको छ ।
डोटीमा ९ राजनीतिक दल दर्ता रहेका छन् । दुई नगरपालिका र ७ गाउँपालिका रहेको डोटीमा एक लाख १० हजार २१ मतदाता छन् ।
प्रतिक्रिया दिनुहोस्