
तनहुँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृत शिक्षालाई आधुनिकीकरण गर्नुपर्ने बताएकी छन् ।
तनहुँको देवघाटस्थित महेश सन्यास आश्रममा आजदेखि सुरु भएको देवघाटधाम विराट महायज्ञको उद्घाटन गर्दै उनले नेपाली संस्कृतिसँग सम्बन्ध राख्ने संस्कृृत शिक्षालाई सामुहिक र आधुनिकीकरण गर्नुपर्ने बताइन ।
यस्तै गुरूकूल शिक्षा ओझेलमा परेमा नेपालको संस्कृति, सभ्यता र पहिचान समेत ओझेलमा पर्ने भएकाले यसलाई पनि बचाउनुपर्ने उनको धारणा थियो । महायज्ञ फागुन ९ गतेसम्म चल्ने छ ।
प्रतिक्रिया दिनुहोस्