मनोनयन दर्तासँगै शक्ति प्रदर्शन गर्ने क्रममा दुई दलका कार्यकर्ताबीच झडप भएको बाँकेका डिएसपी सरोज पौडेलले जानकारी दिए ।
मनोनयन दर्ता गरेर फर्किदै गरेका एमाले र मनोनयन दर्ता गर्न जाँदै गरेका माओवादी केन्द्रका कार्यकर्ताबीच बीच झडप भएको प्रहरीले जनाएको छ । मनोनयन दर्ता गरी फर्केको एमालेले सभा गरिरहेका बेला माओवादीको जुलुसले सभालाई बाधा पुर्याएपछि ढुङ्गा हानाहान भएको थियो ।
झडपमा २ जना प्रहरीसहित तीन जना घाइते भएको जनाइएको छ ।
एमाले सांसद दलबहादुर सुनारले सम्बोधन गर्ने क्रममा झडप भएको थियो । झडप नियन्त्रण लिन प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको थियो ।





प्रतिक्रिया दिनुहोस्