Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


मुआब्जा तत्काल वितरण नगरे बुढीगण्डकी आयोजना फिर्ता गरे हुन्छ : कांग्रेस नेता श्रेष्ठ


0
Shares

आईतबार राजधानीमा बुढीगण्डकी जलविद्युत आयोजना सरोकार समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा श्रेष्ठले बुढीगण्डकी आयोजनाबाट जनताले धेरै दुःख पाएको भन्दै सरकारलाई यस्तो आग्रह गरेका हुन् ।

सरकारले असारभित्र आयोजनाबाट प्रत्यक्ष दुःख व्यहोरिरहेका जनतालाई मुआब्जा वितरण गर्न नसक्ने हो भने आयोजना तत्काल फिर्ता गर्न चेतावनी समेत दिए ।

विगत ०६६ सालदेखि यस आयोजनाबाट जनताले धेरै दुःुख व्यहोर्दै आएको भन्दै उनले असारभित्र मुआब्जा दिन नसक्ने भए साउनबाट जग्गा फुकुवा गर्नुपर्ने बताए । कि त आयोजना तत्काल निर्माण सुरु होस् नभए आयोजना नै फिर्ता गर्न श्रेष्ठले माग गरे ।

गृहमन्त्रालयका प्रवक्ता दिपक काफ्लेले पीडितका माग सम्बोधन गर्नका लागि सरकार गम्भिर रहेको उल्लेख गरे । धादिङ र गोरखाका जिल्ला प्रशासन प्रमुखसँग यस आयोजनाको प्रगति विवरण तत्काल मागी मुआब्जा वितरण गर्ने कामलाई तत्काल अघि बढाइने उनले दाबी गरे ।