अस्पतालले आफ्नो कूलपुँजीको ५३ प्रतिशत शेयर डा. सेट्ठीलाई दिएको हो । योसँगै ग्राण्डी अस्पतालमा डा. सेठ्ठीको १ अर्ब ६ करोडको लगानी रहने छ ।
विश्वका विभिन्न देशमा स्वास्थ्यको क्षेत्रमा लगनी गरेका सेठ्ठीले नेपाल पनि आफ्नो उच्च प्राथमिकतामा रहेको बताए ।
डा. सेठ्ठीको लगानीसँगै ग्राण्डी अस्पताल अझ बलियो भएको अध्यक्ष दिपक कँुवरले दाबी गरे । आगामी दिनमा नेपाली जनतालाई अझ प्रभावकारी सेवा सुविधा प्रदान गर्ने उनले बताए ।









प्रतिक्रिया दिनुहोस्