३ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025


फ्रान्समा राष्ट्रपति इम्यानुएल म्याक्रोनको पार्टीलाई स्पष्ट बहुमत


0
Shares

राष्ट्रपति म्याक्रोनको पार्टी ला रिपब्लिक एन मार्चेले आइतबार भएको संसदीय निर्वाचनमा ५ सय ७७ सिट रहेको नेसनल एसेम्बीमा ३ सय भन्दा बढी सिटमा जित निकालेको छ ।

एन मार्चेले मोडेमसँग गठबन्धन गरेर संसदीय चुनावमा भाग लिएको थियो ।

म्याक्रोनको पार्टीले स्पष्ट बहुमत ल्याए पनि पहिलो चरणको चुनावपछि आंकलन गरिए भन्दा कम सिटमा जित हासिल गरेको हो ।

झन्डै १४ महिनाअघि स्थापना भएको पार्टी एन मार्चे संसद्मा स्पष्ट बहुमतसहित ठूलो पार्टी बनेको छ ।

बुहमतका लागि २ सय ८९ सिटमा जित्नुपर्नेमा एन मार्चेले ३ सय भन्दा बढी सिट जितेको हो ।

एक महिनाअघि राष्ट्रपतिमा म्याक्रोन ६६ प्रतिशतभन्दा बढी मतसहित ठूलो मतअन्तरले विजयी हुनुभएको थियो ।

फ्रान्सको सत्ताको बागडोर अब स्पष्ट रुपले ३९ वर्षका म्याक्रोनको हातमा आएको छ । (एजेन्सी)