Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


यसबर्ष मानसरोवर जाने भारतीय पर्यटक दोब्बर, सिमिकोटमा भीड


0
Shares

मानसरोवर कैलाश यात्राका लागि सजिलो गन्तव्य सिमिकोट हुने भएकाले गत वर्षको तुलनामा दोब्वर पर्यटक बढेका हुन् ।

यो वर्ष करिव एक महिनामा मात्रै ५ हजारभन्दा बढी भारतीय पर्यटक सिमिकोट भित्रिएका छन् ।

मानसरोवर कैलाश दर्शनका लागि आउने भारतीय पर्यटकको बासस्थान भएकाले पनि सिमिकोटमा पर्यटकको घुइँचो लागेको छ ।

दैनिक १ सयदेखि ३ सयसम्म भारतीय पर्यटकले सिमिकोट हुँदै मानसरोवरको यात्रा गर्ने गरेका छन् ।

यो बर्ष वैशाख अन्तिम सातादेखि हालसम्म ५ हजार १ सय भारतीय पर्यटक भित्रिसकेका छन् ।

प्रत्येक वर्ष वैशाखदेखि भदौसम्म भारतीय पर्यटक सिमिकोट हुँदै मानसरोवरको यात्रा गर्दछन् ।

गत वर्ष ८ हजार भारतीय पर्यटक जिल्लामा भित्रिएका थिए भने यो वर्ष उक्त संख्या दोब्बरभन्दा बढी हुने पर्यटन व्यवसायीको अनुमान छ ।

सिमिकोटबाट चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको हिल्सा नाकासम्म भारतीय पर्यटकलाई ओसार्न विभिन्न निजी एअरलाइन्सका १० वटा हेलिकोप्टरले दैनिक उडान भर्ने गरेका छन् ।