
१ सय २९ मतदान स्थल र १ सय ८५ वटा मतदान केन्द्र रहेको अछाममा ६६ स्थल संवेदनशील र १६ मतदान स्थल सामान्य रहेको समितिले निष्कर्ष निकालेको हो ।
चुनाव लक्षित सुरक्षा व्यवस्था मजवुद बनाउन जिल्लाका विभिन्न मतदान केन्द्रलाई वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी विष्टले विकट, सडकको पहुंँच नभएका तथा टेलिफोन नेटवर्क नरहेका मतदान स्थलमा हुन सक्ने आपराधिक घटनालाई मध्यनजर गर्दै मतदान केन्द्रको सुरक्षा स्थितिको वर्गिकरण गरिएको बताए ।
जिल्लाका सबै क्षेत्रमा नेपाल प्रहरी र म्यादी प्रहरीसँगै विभिन्न ठाउँमा सशस्त्र प्रहरीका वेस क्याम्प खडा गरिएको छ ।
मनोनयन दर्तासँगै अछाममा चुनावी गतिविधि ह्वात्तै बढेको छ भने दलहरु आ-आफ्ना एजेण्डासहित चुनावी मैदानमा छन् ।
प्रतिक्रिया दिनुहोस्