
रातको समयमा लण्डनको दक्षिणी क्षेत्र सेभेन सिस्टर रोडमा मस्जिदबाट रमजामको प्रार्थना सकेर घर फर्कँदै गरेका सर्वसाधारणमाथि भ्यान चालकले जथाभावी गाडी चलाएको बताइएको छ ।
घटना लगत्तै भ्यान चालक पक्राउ परेका छन् । घटनाको प्रकृति हेर्दा आतंकवादी हमला हुन सक्ने आशंका लण्डन प्रहरीले गरेको छ । घटनापछि त्यस क्षेत्रको सडक पुरै खाली गराइएको छ ।
यसैबीच बेलायती प्रधानमन्त्री थेरेसा मे ले घटनाप्रति खेद प्रकट गर्दै छानबिन गर्न निर्देशन दिएकी छिन् ।
उनले आपतकालीन घोषणा गर्दै घटनाको सत्यतथ्य बाहिर ल्याउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएका हुन् ।
लण्डनमा दुई साताअघि लण्डन ब्रिजमा आतंकवादी समूहले जथाभावी गाडी चलाई आठ जनाको हत्या गरेको थियो ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्