७ असार २०८२, शनिबार | Sun Jun 22 2025


मतदाता शिक्षा प्रभावकारी भएन्, घरदैलोमा पुग्नै सकेनन् कर्मचारी


0
Shares

-प्रकाश धौलाकोटी/ईमेज 

तर पहाडी जिल्ला तेह्रथुममा भने मतदाता शिक्षा प्रभावकारी नभएको सरोकारवालाले गुनासो गरेका छन् ।

मतदाता शिक्षा सन्चालनमा खटिएका कर्मचारीले घर–घरमा पुगेर मतदातालाई मतदाता शिक्षा दिन भ्याएका छैनन् ।

कतिपय ठाउँमा कर्मचारी नै पुग्न सकेका छैनन् । पुगेपनि वर्षाका दिनमा घरमा सबै जना नभेटिँदा सिकाउन पाएका छैनन् । भोट कसरी हाल्ने भन्नेमा मतदाता अझै अन्यौलमा छन् ।

मतदाता शिक्षा प्रभावकारी नभएकोमा सरोकारवालाले गुनासो गरेका छन् । अझ हतार–हतार बोलाएर तालिम दिएर पठाएका कर्मचारीलाई नै मतदाता शिक्षाबारे पुर्ण ज्ञान छैन ।

गाउँका उम्मेद्वार, राजनीतिक दलका नेता कार्यकर्ताहरु नै मतदान बारे अन्योल रहेको पाइएको सरोकारवाला बताउँछन् ।

दुई नगरपालिका र चार गाउँपालिका रहेको तेह्रथुममा ८५ मतदान केन्द्र छन् । ती केन्द्रहरुमा कम्तिमा पनि एक जनाका दरले ८५ जना बढी निर्वाचन शिक्षा कार्यकर्ताहरु खटिएका छन् ।

मतदानबारे जानकारी दिन कार्यालय प्रयासरत रहेको जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राई बताउँछन् ।

लामो समयपछि स्थानीय तहमा जनप्रतिनिधि चुन्न आतुर मतदातालाई आफ्नो मत बदर जाने पो हो कि भन्ने चिन्ता छ ।

मतदातालाई आफुले चुन्न चाहेको उम्मेद्वारलाई ढुक्कले मतदान गर्न सक्ने बनाउन समय छँदै सबैले ध्यान दिनु जरुरी छ ।