
असार १४ गते हुने ३ सय ३४ स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरुले हिजो मनोनयनपत्र दर्ता गराएका थिए ।
मनोनयन दर्ता गरेसँगै उम्मेदवारहरुले प्रचारप्रसार अभियान पनि तीब्र पारेका छन् ।
आयोगले दाबी विरोधका लागि बिहान ८ बजेदेखि १० बजेसम्मको समय दिएको थियो ।
यसबीचमा उम्मेदवारको योग्यतामाथि प्रश्न चिह्न खडा भए दावी विरोध गर्न सकिने व्यवस्था आयोगले गरेको थियो ।
यसैगरी आयोगले मनोनयन दर्ता गराएका उम्मेदवारले मंगलबार बिहान ८ बजेदेखि ११ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने र मंगलबार नै ११ बजेदेखि साढे ११ बजेभित्र अन्तिम नामावली प्रकाशन गरिने जनाएको छ ।
आयोगले भोलि नै उम्मेदवारहरुलाई चुनाव चिन्हसमेत वितरण गर्ने छ ।
यसअघि आइतबार असार १४ गते हुने प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा उत्साहजनक रुपमा उम्मेदवारी मनोनयन दर्ता भएको थियो ।
तीन वटा प्रदेशमा पर्ने एक महानगरपालिका, ७ उपमहानगरपालिका, १ सय ११ नगरपालिका र २ सय १५ वटा गाउँपालिकाका लागि मनोनयन दर्ता गरिएको हो ।
यो चुनावबाट १५ हजार ३८ जना जनप्रतिनिधि निर्वाचित हुने छन् ।
प्रतिक्रिया दिनुहोस्