
होटल व्यवसायीहरुले आन्दोलनका कारण पर्यटक नै नआएको र अर्काेतर्फ यसअघि होटल बुकिङ गरेर बसेका पर्यटक पनि भ्रमण छोट्याएर भागेको बताएका छन् ।
जारी हड्ताल थप हिंसात्मक हुनसक्ने आशंका कारण यहाँ आएका विदेशी एवं भारतीय पर्यटक भागेको जनाइएको छ । आन्दोलनमा आइतबार गोली नै चलेको र आन्दोलनकारीको ज्यान गएको थियो ।
दार्जिलिङ घुम्न आउने गरेका पर्यटक अहिले आएका छैनन् । यसअघि नै आन्दोलन र आमहड्तालकै कारण त्यहाँ रहेका भारतीय र बाह्य पर्यटक पनि भागेका थिए ।
हाल दार्जिलिङमा गोर्खाल्यान्डको आन्दोलन जारी रहेको छ । सो आन्दोलन पछिल्लो समयमा हिंसात्मक बन्दै गएपछि स्थानीयहरुमामात्र नभएर बाह्य पर्यटकमा पनि त्रास छाएको छ ।
दार्जिलिङका रिसोर्टमा बुकिङ गरेर बसेका पर्यटकले पनि भ्रमण अवधि छोट्याएर गएका छन् ।
दार्जिलिङका रिसोर्टहरु विदेशी पर्यटकका लागि निकै लोकप्रिय छन् । होटल बुकिङ गरेका पर्यटक पनि भाग्नुपरेको र पछिल्लो समयमा त पर्यटक नै नआएको होटल व्यवसायीहरु बताउँछन् ।
एकजना होटल व्यवसायीले अघिल्लो आइतबारसम्ममा दार्जिलिङबाट कम्तीमा पनि सात हजार पर्यटकले बुकिङ रद्द गराएका र योक्रम हिजोआज झन् बढेको जनाएका छन् । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्