Logo २२ कार्तिक २०८२, शनिबार | Sun Nov 9 2025


तेह्रथुमका ६ स्थानीय तहमा क–कसले दिए उम्मेदवारी ?


0
Shares

जिल्ला निर्वाचन कार्यालयकाअनुसार असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि म्याङलुङ नगरपालिकामा ५२ पदका लागि १८६ जनाले उम्मेदवारी दिएका छन् ।

लालीगुराँस नगरपालिकामा ४७ पदका लागि १४९ जना, आठराई गाउँपालिकामा ३७ पदका लागि १३१ जना, फेदाप गाउँपालिकामा २७ पदका लागि ८८ जना, मेन्छ्यायेम गाउँपालिकामा ३२ पदका लागि १०० जना र छथर गाउँपालिकामा ३२ पदका लागि १३२ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईले जानकारी दिए ।

एकजना निर्वाचित हुने प्रमुख पदमा म्याङलुङ नगरपालिकामा ९ जना, लालीगुराँस नगरपालिकामा ७ जना, मेन्छ्यायेम गाउँपालिकामा ४ जना, फेदाप गाउँपालिकामा ५ जना, आठराई गाउँपालिकामा ६ जना र छथर गाउँपालिकामा ११ जनाको उम्मेदवारी परेको छ ।

यस्तै, एकजना नै निर्वाचित हुने उपप्रमुख पदमा म्याङलुङमा ६ जना, मेन्छ्यायेम, फेदाप र लालीगुराँसमा ४–४ जना, आठराईमा ५ जना र छथरमा ६ जनाको उम्मेदवारी दर्ता भएको छ ।

४३ जना निर्वाचित हुने वडाध्यक्ष पदका लागि १६९ जना, महिला सदस्य पदका लागि १३४ जना, दलित महिला सदस्य पदका लागि ११७ जना र ८६ जना निर्वाचित हुने खुलासदस्य पदका लागि २९३ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय तेह्रथुमले जनाएको छ ।

१४ ओटा दल दर्ता भएको तेह्रथुममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नयाँ शक्ति नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च, नेकपा माले, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, मधेसी जनअधिकार फोरमले उम्मेदवारी दिएका छन् ।

कुन स्थानीय तहमा को–को उम्मेदवार ?
म्याङलुङ नगरपालिका : प्रमुख पदका उम्मेदवार
नेपाली कांग्रेसः रणविक्रम लिम्बू (कमल)
नेकपा एमालेः सन्जयकुमार तुम्बाहाम्फे
नेकपा माओवादी केन्द्रः नेत्रकुमार सोदेम्बा
मधेसी जनअधिकार फोरमः सुवर्ण सुवेदी
नेकपा मालेः डिल्लीबहादुर बुढाथोकी
नयाँ शक्ति पार्टी नेपालः भगवान रिजाल
राप्रपाः टंकप्रसाद अधिकारी
राष्ट्रिय जनमुक्ति पार्टीः कुमारबहादुर लिम्बू
स्वतन्त्रः तारकबहादुर तुम्बाहाम्फे
म्याङलुङ नगरपालिका : उपप्रमुख पदका उम्मेदवार
नेपाली कांग्रेसः उमादेवी कार्की
नेकपा एमालेः पार्वता सानु डाँगी
नेकपा माओवादी केन्द्रः शोभा दाहाल
नेकपा मालेः मुना दाहाल
राप्रपाः पविमाया कार्की
राष्ट्रिय जनमुक्ति पार्टीः फूलमाया लिम्बू

लालीगुराँस नगरपालिका : प्रमुख पदका उम्मेदवार
नेपाली कांग्रेसः अर्जुन माबोहाङ
नेकपा एमालेः कमलबहादुर खड्का
नेकपा माओवादी केन्द्रः गणेशकुमार लिम्बू
मधेसी जनअधिकार फोरमः इन्द्रनारान लिम्बू
नयाँ शक्ति नेपालः नेत्रकुमार केबुहाङ
स्वतन्त्रः वीरबहादुर लिम्बू
स्वतन्त्रः ईश्वर श्रेष्ठ
लालीगुराँस नगरपालिका : उपप्रमुख पदका उम्मेदवार
नेपाली कांग्रेसः तिला पोखरेल
नेकपा एमालेः जमुना मगर कार्की
नेकपा माओवादी केन्द्रः प्रेमकुमारी अधिकारी
नेकपा मालेः छत्रबहादुर लिम्बू

आठराई गाउँपालिका : अध्यक्ष पदका उम्मेदवार
नेपाली कांग्रेसः नारायणकुमार ईङनाम
नेकपा एमालेः मानबहादुर लिम्बू
राप्रपाः धनराज कन्दङवा
संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चः मृगेन्द्रजंग ईङनाम
नयाँ शक्ति पार्टी नेपालः टीकाराम गुरुङ
स्वतन्त्रः सुवास फोम्बो
आठराई गाउँपालिका : उपाध्यक्ष पदका उम्मेदवार
नेकपा माओवादी केन्द्रः रमिला खनाल
नेकपा एमालेः रुपादेवी कन्दङवा
राप्रपाः वर्षा ईङनाम
संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चः चुङवान्मा कन्दङवा
नयाँ शक्ति पार्टी नेपालः हीमा दंगाल

फेदाप गाउँपालिका : अध्यक्ष पदका उम्मेदवार
नेपाली कांग्रेसः केशवप्रसाद भेटुवाल
नेकपा एमालेः हरिप्रसाद चोङवाङ लिम्बू
संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चः तिलविक्रम लिम्बू
नयाँ शक्ति नेपालः होमप्रसाद ढकाल
स्वतन्त्रः टंकप्रसाद भट्टराई
फेदाप गाउँपालिका : उपाध्यक्ष पदका उम्मेदवार
नेकपा माओवादी केन्द्रः गंगाप्रसाद लिम्बू
नेकपा एमालेः गीतादेवी थापा
संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चः रहिता ईङनाम
नयाँ शक्ति पार्टी नेपालः दिलकुमार लिम्बू

मेन्छ्यायेम गाउँपालिका : अध्यक्ष पदका उम्मेदवार
नेपाली कांग्रेसः देउबहादुर लिम्बू
नेकपा एमाले: यादवबहादुर खापुङ
नेकपा माओवादी केन्द्रः फुर्वी शेर्पा
नयाँ शक्ति पार्टी नेपालः हरिप्रसाद चोङवाङ
मेन्छ्यायेम गाउँपालिका : उपाध्यक्ष पदका उम्मेदवार
नेपाली कांग्रेसः गीतादेवी तिम्सिना
नेकपा एमालेः दिलकुमारी शंकर
नेकपा माओवादी केन्द्रः बसन्तसिंह लिम्बू
नयाँ शक्ति पार्टी नेपाल: फूलमाया शेर्पा

छथर गाउँपालिका : अध्यक्ष पदका उम्मेदवार
नेपाली कांग्रेसः टेकराज तिगेला
नेकपा एमालेः सन्तवीर लिम्बू (सन्तोष)
नेकपा माओवादी केन्द्रः तेजबहादुर कटुवाल
राप्रपाः छत्रबहादुर कार्की
नेकपा मालेः विष्णुकुमार सिंह ठकुरी
राष्ट्रिय जनमोर्चाः सुर्जबहादुर भट्टराई
राष्ट्रिय जनमुक्ति पार्टीः सुकबहादुर लिम्बू
नयाँ शक्ति पार्टी नेपालः युद्धलक्ष्मण भट्टराई
स्वतन्त्रः भीमकुमार लिम्बू
स्वतन्त्रः गोविन्दबहादुर सुनुवार
स्वतन्त्रः कृष्णप्रसाद दाहाल
छथर गाउँपालिका : उपाध्यक्ष पदका उम्मेदवार
नेपाली कांग्रेसः हीमामाया पौडेल भट्टराई
नेकपा एमालेः तारा खरेल
नेकपा माओवादी केन्द्रः लिलामाया लिम्बू
राष्ट्रिय जनमुक्ति पार्टीः पवित्रा लिम्बू
नयाँ शक्ति नेपालः कोपिला कार्की
स्वतन्त्र: चुना खुलाल