७ असार २०८२, शनिबार | Sun Jun 22 2025


रुकुममा पाँच वडासदस्य निर्विरोध


0
Shares

भूमे गाउँपालिका–७ का ४ र सोही गाउँपालिका–६ का एकजना वडा सदस्य पदमा निर्विरोध भएका हुन् ।

वडा नम्बर–७ मा महिला सदस्य, दलित महिला सदस्य र अन्य दुईजना सदस्य तथा वडा नम्बर–६ मा दलित महिला सदस्य पदमा नेकपा माओवादी केन्द्रका तर्फबाटमात्रै उम्मेदवारी परेको सो गाउँपालिकामा खटिएका निर्वाचन अधिकृत ज्ञानेन्द्र इटेनीले जानकारी दिए ।

उनकाअनुसार वडा नम्बर–७ को महिला सदस्यमा मनकुमारी बुढा, दलित महिला सदस्यमा रामकुमारी सुनार तथा अन्य दुई सदस्यमा धनीमान बुढा र रुपधन कामी निर्विरोध भएका हुन् ।

वडा नम्बर–६ को दलित महिला सदस्यमा मीना सुनार निर्विरोध भएका छन् ।

दाबी–विरोध र नाम फिर्ता लिनेलगायत प्रक्रियापछिमात्रै निर्विरोध भएकाको घोषणा गरिने निर्वाचन अधिकृत इटेनीले बताए ।

भूमे गाउँपालिकामा ४७ पदका लागि माओवादी केन्द्रका ४७, कांग्रेसका ३६, एमालेका २८ तथा राष्ट्रिय जनमोर्चा र स्वतन्त्रका एक/एकजनाले मनोनयन दर्ता गरेका छन् । रासस