
सोमबार दिनभरका लागि छुट्याइएको दाबी–विरोधको अवधिमा कसैमाथि पनि दाबी–विरोध नआएको जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईले जानकारी दिए ।
म्याङलुङ नगरपालिकामा ५२ पदका लागि १८६ जना र लालीगुराँस नगरपालिकामा ४७ पदका लागि १४९ जनाले मनोनयनपत्र दर्ता गरेका छन् ।
यसैबीच, मेन्छ्यायेम गाउँपालिका–१ पौठाकमा नेपाली कांग्रेसकी दलित महिला सदस्य उम्मेदवार बिजुलीमाया शंकर निर्विरोध निर्वाचित भएकी छन् ।
सो पदमा अरु कसैले पनि उम्मेदवारी नदिएको र दाबी–विरोध पनि नपरेकाले शंकर निर्विरोध निर्वाचित भएकी हुन् ।
प्रतिक्रिया दिनुहोस्