८ असार २०८२, आइतबार | Sun Jun 22 2025


भारतले निर्वाचनका लागि दिएका ३६ ओटा गाडी आयोगमै अलपत्र (भिडियोसहित)


0
Shares

ती सवारी–साधनहरु निर्वाचन आयोगको परिसरमा बेवारिसे अवस्थामा रहेका छन् ।

निर्वाचन आयोगको परिसरमा रहेका गाडीहरु घामपानीमा बेवारिसे फालिएको देख्दा जोसुकैको मन कुडिँने गर्दछ ।

भारत सरकारले निर्वाचनको लागि गत वैशाखमा दिएका ३६ गाडीहरु राखिएकै स्थानमा घाँसले ढाकिने अवस्थामा पुगेको छ ।

पहिलो चरणको निर्वाचन सम्पन्न भएर डेढ महिनापछि सारिएको दोस्रो चरणको निर्वाचन कार्यक्रम सुरु भइसक्दासमेत यी गाडीहरुको प्रयोग हुन सकेको छैन ।

निर्वाचन आयोग पुग्ने जोकोही पनि किन यसरी गाडी उपयोगविहीन बनाएर राखिएको होला भन्दै खिन्न हुने गर्दछन् ।

निर्वाचन आयोगले भने भन्सार, बिमा रकम प्रदान गर्नेलगायतका काम बाँकी रहेको र यातायात कार्यालयमा दर्ताको कामसमेत नसकिएकाले गाडीहरुको प्रयोग हुन नसकेको बताएको छ ।

यी ३६ ओटा गाडीको मूल्य १४ करोड रुपैयाँभन्दा बढी रहेको बताइन्छ । भारतले अनुदानमा उपलब्ध गराएपनि आयोगले भन्सारबापतको ९ करोड रुपैयाँ भने भारत सरकारलाई बुझाउनुपर्ने हुन्छ ।

चिल्ला गाडीहरु यसरी फालिएका छन् भने आयोगले पुराना गाडीहरुबाट काम चलाइरहेको छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।