Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


सोमबार पनि सेयर बजार ओरालो लाग्नेक्रम रोकिएन


0
Shares

यसदिन पनि बजार परिसूचक नेप्से दोहोरो अंकले ओर्लियो । नेप्से २० अंकले ओरालो लागेर १५ सय ५५ मा आएर थामियो ।

कारोबार भएका सबै समूह ओरालो लागे । किमा समूह सबैभन्दा उच्च १ सय ४२ अंकले ओर्लियो । उत्पादनमूलक समूह २३ अंकले झर्‍यो । विकास बैंक, वाणिज्य बैंक, जलविद्युत्, होटल र वित्त समूह पनि दोहोरो अंकले झरे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३७ कम्पनीको ८ लाख १४ हजार कित्ता सेयर ६५ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।