२५ श्रावण २०८२, आइतबार | Mon Aug 11 2025


पानीमाथि बसेर तस्वीर !


0
Shares

                                          तस्वीर : रासस

मुस्ताङ, माघ २२ । अत्यधिक चिसोका कारण तापक्रम घटेको मुस्ताङमा पर्यटकहरुको आकर्षण भने बढेको छ ।

पछिल्लो समय मुस्ताङमा पर्यटकहरु हिउँ खेल्न तथा जमेका नदी हेर्न पुग्ने गरेका छन् । मुस्ताङको घरपझोङ गाउँपालिका –५ सम्ले स्थित ढुम्बा ताल जमेको छ । तालको पानी जमेर बरफ भएपछि पर्यटकहरु तालको बीचमा पुगेर तस्वीर खिचाउन थालेका छन् । पानीको सतहमा बाक्लो बरफ जमेका कारण हिँड्न मिल्ने भएको हो ।

मुस्ताङमा अहिले माइनस ६ डिग्री सेल्सियस तापक्रम रहेको बताइन्छ ।