Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


दलका नेताहरु चुनावी प्रचारमा, मतदाता खेतीपातीमा


0
Shares

जिल्लैभरी चुनावी माहोल निकै तातेकोे छ । तर जिल्लाका गाउँका बासिन्दालाई भने कामको चटारो छ ।

अहिले धान रोपाई गर्ने मूख्य मौसम भएकाले किसान खेतीपातीमा व्यस्त भएका हुन् ।

घरदैलो र आमसभा गर्दै चुनावी प्रचारमा रहेका दलका नेताहरु घरमा मान्छे नभेटिएपछि मेलापातमै पुग्ने गरेका छन् ।

उम्मेदवारी दर्तापछि नेताहरु गाउँ पसेका छन् । हुलका–हुल कार्यकर्ता लिएर राजनीतिक दलका नेता, कार्यकर्ता र उम्मेदवारहरु गाउँ–गाउँ डुलिरहेका छन् ।

कार्यकर्ता भेटघाट, घरदैलो र चुनावी सभा दैनिकजसो भइरहेका छन् ।

दुई नगरपालिका र चार गाउँपालिका रहेको तेह्रथुममा २ सय २७ पदका लागि ७ सय ८६ को उम्मेदवारी परेको छ ।

५७ स्थानमा ८५ वटा मतदान केन्द्र रहेको तेह्रथुममा ६० हजार ७ सय २१ जना मतदाता रहेका छन् ।