८ चैत्र २०७९, बुधबार | Wed Mar 22 2023


सरकार सामन्ती शैलीमा : सिटौला


0
Shares

काठमाडौं, असार १९ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकार सामन्ती शैलीमा हिँड्न खोजेको आरोप लगाएका छन् ।

स्व. गिरिजाप्रसाद कोइरालाको ९५औं जन्मजयन्तीको अवसरमा नेपाल विद्यार्थी संघले मंगलबार राजधानीमा गरेको कार्यक्रममा उनले राजनीतिमा देखिएको प्रदूषणलाई हटाउन विद्यार्थीहरुको भूमिका महत्वपूर्ण हुने बताए ।

सरकार देशको विकासका लागि भारत र चीनमामाथि नै निर्भर बन्न खोजेको उनको भनाइ थियो ।

कार्यक्रममा कांग्रेस नेता गगनकुमार थापाले सरकारले विरोध प्रदर्शनमा रोक लगाएको स्थानमा गएर नेविसंघका विद्यार्थीहरुले डा. गोविन्द केसीको पक्षमा प्रदर्शन गरेको हेर्ने इच्छा रहेको बताए ।