Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


सेयर बजार सामान्य अंकले सकारात्मक रहेर थामियो


0
Shares

उतार–चढावबीच बजार परिसूचक नेप्से ४ अंकले उकालो लागेर १५ सय ५९ पुग्यो ।

बिमाबाहेक अरु सबै समूह सकारात्मक रहे । होटल, जलविद्युत् र विकास बैंक समूह दोहोरो अंकले बढे । अरु समूह सामान्य अंकले सकारात्मक रहेका हुन् । यसदिन कारोबारमा पनि सामान्य सुधार आयो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३९ कम्पनीको १५ लाख ७७ हजार कित्ता सेयर ६७ करोड रुपैयाँ बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।