Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


शिक्षा क्षेत्र विकास कार्यक्रमका लागि आइडीएद्वारा १९ अर्ब ऋण सहयोग


0
Shares

आइडीएले विद्यालय क्षेत्र सुधार कार्यक्रमको निरन्तरतास्वरुप १९ अर्ब ५ करोड बराबर रुपैयाँ ऋण सहयोग गर्ने समझदारी गरेको हो ।

उक्त समझदारीपत्रमा बिहीबार अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदी र आइडीएको देशिय व्यवस्थापक ताकुया कामाटाले हस्ताक्षर गरे ।

माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर बढाउने उद्देश्यले आइडीएले ऋण सहयोग गरेको अर्थ मन्त्रालयले जनाएको छ ।